नेपाल एसबिआई बैंक लिमिटेडले मकवानपुरको लेकाली बसीफाँट माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित रहेको उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत,दीपक कुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई एक कार्यक्रमकाबिच उक्त सामाग्री हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल र बैंकका बागमती प्रदेश प्रमुख बिनोद कुमार ढुंगेल र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समयसमयमा गर्दै आइरहेको छ ।
हाल बैंकले एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।