पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी भरतसिंह महता पहिलो चरणबाटै बाहिरिएका छन्। बिहीबार पेरिसमा भएको खेलमा भरत जापानिज खेलाडी मित्सुया तानाकासँग १९–३ ले पराजित भए।
उनले के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाएका थिए। जितसँगै जापानिज खेलाडी तानाकाले अन्तिम आठमा स्थान बनाएका छन्।
नेपालका भरत वाइल्ड कार्डमार्फत पेरिस पारा ओलम्पिकका लागि छानिएका थिए।
अब शुक्रबार हुने के–४४ क्याटगोरीमा महिला ५७ केजीमुनिकी पलेशा गोबर्धनले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध खेल्नेछिन्। यो स्पर्धामा ११ खेलाडी छन्।
पेरिस पारा ओलम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन्।