एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका छन् । निर्वाचनको तयारी गरिए पनि घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चुनिएका हुन्।

एकीकृत समाजवादीमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन भए पनि १८ पदाधिकारी चयन हुन सकेको थिएन।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आजै बाँकी पदाधिकारी निर्वाचनबाटै चयन गर्ने पार्टीको तयारी छ।

सुझावित समाचार