मकवानपुरमा अरिँगालले टाेकेर एकजनाको मृत्यु

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

मकवानपुरमा अरिँगालले टाेकेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ५ छापडाँडाका ३२ वर्षीय सुमन गोले रहेका छन् ।

उनको बिहीबार बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरदेखि १ किलाेमिटर दक्षिणमा रहेको छिमेकीको बारीमा काम गर्ने क्रममा बुधबार उनलाई अरिँगालले टोकेर घाइते बनाएको थियो । 

घाइते गोलेलाई उपचारका लागि काठमाडाैंको फर्फिङस्थित  मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार