मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकका लागि अलग्गै डेस्क

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

अत्यधिक भिड बढेर सास्ती हुन थालेपछि ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन मोरङ प्रशासनले अलग्गै डेस्क सञ्चालनमा ल्याएको छ। ज्येष्ठ नागरिकहरूलाई सास्ती भएको गुनासो बढेपछि जिल्ला प्रशासन मोरङले परिसरभित्रको सभाहलमा परिचयपत्र बनाउन अलग्गै डेस्क सञ्चालनमा ल्याएको हो। 

पहिले चर्को घाममा घण्टौँ लामो लाइनमा उभिएर सास्ती भोग्न बाध्य ज्येष्ठ नागरिकहरू अलग्गै डेस्क सञ्चालनमा ल्याएपछि कुर्सीमा बसेर परिचयपत्र बनाउन आफ्नो पालो पर्खने गरेको सहायक सिडिओ प्रदीप शाहले बताए। शाहका अनुसार मोरङमा दैनिक सात सय मानिस परिचयपत्र बनाउन आउने गरेका छन्। तीमध्ये चार सयजति ज्येष्ठ नागरिकहरू हुने गरेका छन् । 

सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन मोरङमा ज्येष्ठ नागरिकहरूको भिड ह्वात्तै बढेको हो । भिडले गर्दा ज्येष्ठ नागरिकहरू बिहानैदेखि घण्टौँ लाइनमा बस्न बाध्य थिए ।    

सुझावित समाचार