सन् १९१८ : अक्टोबर क्रान्तिपछि हिरासतमा रहेका रुसका पूर्वराजा, रानी, तिनका सन्तान र सहयोगीसहित ११ जनाको बोल्सेभिक फाइरिङ स्वाडले साइबेरियाको यकातेरिनवर्गमा सामूहिक हत्या गर्यो ।
सन् १७६२ : क्याथरिन द्वितीय (क्याथरिन महान् पनि भनिने) आफ्ना श्रीमान्लाई बन्दी बनाउँदै रुसकी जरिना बनिन् । उनको शासनकाल रुसको इतिहासकै सफलमध्ये मानिन्छ, जुन अवधिमा रुसले महान युरोपेली शक्तिको पहिचान बनायो ।
सन् १९३६ : स्पेनिस जनरल फ्रान्सिस फ्रान्कोले दक्षिणपन्थी उभारको नेतृत्व गरेसँगै स्पेनमा गृहयुद्ध सुरु भयो ।
सन् १९५९ : तिब्बतमा दासप्रथा उन्मूलन भएको घोषणा भयो ।
सन् १९६८ : अहमद हसन अल–बकरको नेतृत्वमा इराकको बाथ पार्टीले गरेको रक्तविहीन कु गर्दै देशका राष्ट्रपति अब्दुल रहमान अरिफ र प्रधानमन्त्री तहिर यायालाई अपदस्थ गर्दै सत्ता कब्जा गर्यो ।
सन् १९७३ : अफगानिस्तानमा भएको सैन्य कूमार्फत पूर्व प्रधानमन्त्री मोहम्मद दाउद खानले राजालाई नै अपदस्थ गरे । मोहम्मद दाउद खान इटालीमा उपचारका लागि गएका राजा मोहम्मद जाहिर शाहका नाताले भाई पर्ने थिए ।
सन् १९७६ : इन्डोनेशियाका राष्ट्रपति सुहार्तोले पूर्वी टिमोर कब्जा गरे ।
सन् १९९२ : स्लोभाक संसदले चेकोस्लोभाकियाबाट अलग भएको घोषणा गर्यो ।
सन् २०१९ : मेक्सिन ड्रग्स कार्टेल प्रमुख जाओक्वीन ‘अल चापो’ गुजम्यानलाई न्युयोर्कमा भएको सुनुवाईमा जन्म कैदसहित थप ३० वर्ष लामो जेल सजाय सुनाइयो ।