बन्दकोठामा कांग्रेस-एमालेको सहमति राष्ट्रिय सहमति हुन सक्दैन : लामिछाने

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण
बन्दकोठामा कांग्रेस-एमालेको सहमति राष्ट्रिय सहमति हुन सक्दैन : लामिछाने

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने । तस्बिर : संजित परियार/नयाँ पत्रिका ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बन्दकोठाभित्र स्वार्थवश गरिएको सहमतिलाई कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सहमतिको शब्दको लेप लगाएर मानमर्दन गरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बोल्दै लामिछानेले एमाले कांग्रेसबीच भएको समझदारीलाई राष्ट्रिय सहमति मान्न नसकिने बताए।

‘जनतालाई थाहा नदिई, आफ्नै दलका नेतालाई समेत जानकारी नदिई कुनै एउटा व्यापारीको घरमा, मध्यरातमा स्वार्थवश गरिएको सहमतिलाई राष्ट्रिय भन्ने लेपन लगाउँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको छ,’ उनले भने।

सुझावित समाचार