नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ। सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीले आफ्ना सांसदलाई निर्देशन दिएको छ । 

वर्तमान सरकारमा रहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले आज संसदबाट विश्वासको मत लिने कार्यतालिका छ।

वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको  प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रिय सभामा आठ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषदमा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।

सुझावित समाचार