अपर हेवाखोलाको सञ्चालकमा कार्की र पौड्याल

बिहिबार, २७ असार, २०८१
डिजिटल संस्करण

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक सेयरधनीतर्फ भीमलाल पौड्याल नियुक्त भएका छन् । बुधबार सम्पन्न कम्पनीको १२औँ वार्षिक साधारणसभाले कार्की र पौड्यालको नियुक्ति अनुमोदन गरेको हो । 

त्यसैगरी, सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट इन्द्रप्रसाद लामिछानेलाई चयन गरेको छ ।  कम्पनी अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष ७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । यद्यपि, कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश भने वितरण गरेन । 

त्यस्तै, चालू आवको वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका आर्थिक प्रतिवेदनसमेत सभाबाट पारित भएको बताइएको छ । कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन गर्दै आएको छ ।

सुझावित समाचार