नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मलाई स्थगित भएको छ । आज दिउँसो १ बजेलाई बोलाइएको बैठक भोलि बुधबार ११ बजे बस्ने गरी स्थगित गरिएको हो।
पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ।