रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

शुक्रबार, १४ असार, २०८१
डिजिटल संस्करण

रामेछापको लिखु तामाकोशी गाउँपालिका– ६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । 

सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा.५ख ५६२४ नम्बरकाे अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । 

दुर्घटनामा घाइते भएकाकाे खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौं पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

सुझावित समाचार