झापाकाे मेचीनगरमा मत्ता हात्ती मृत भेटियो

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

मेचीनगर नगरपालिका– ३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नम्बर ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो ।

स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेबित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त टोली खोलाकिनारमा पुगेको छ ।

झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउँदै गरेकाे जानकारी दिए ।

 

सुझावित समाचार