कुवेतकाे एक आवासीय भवनमा आगलागी, ४० कारदारकाे मृत्यु

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

कुवेतमा करिब दुई सय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।

आगलागीबाट दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कुवेत सिटीको दक्षिणमा रहेको मंगफ क्षेत्रमा आगलागी हुँदा ४३ जना घाइते भएका छन्। मंगफ आप्रवासी कामदारहरूको बाहुल्य रहेको क्षेत्र हो। 

'दुर्भाग्यवश हामीलाई बिहान ठीक ६ बजे मंगफ क्षेत्रमा आगो लागेको सूचना प्राप्त भयो,' गृह मन्त्रालयको जनरल डिपार्टमेन्ट अफ क्रिमिनल इभिडेन्सका प्रमुख मेजर जनरल इद अल–ओवाइहानले भने, 'मेरो भवनको पछाडि भएको मृत्यु हुनेहरूको संख्या ३५ भन्दा बढी छ।'

कामदारहरूका रोजगारदाताले मन्त्रीलाई दिएको जाननकारीअनुसार घटनास्थलबाट प्राप्त तस्बिरले ६ तले उक्त भवनको बाहिरी भागमा कालो मुस्लाे देखिएको छ, भवनमा एक सय ९६ कर्मचारी बस्छन्।

तेलको धनी मुलुक कुवेतमा ठूलो संख्यामा विदेशी कामदार छन्। यीमध्ये धेरै दक्षिण तथा दक्षिणपूर्वी एसियाका छन् र धेरैजसो निर्माण वा सेवा उद्योगहरूमा काम गर्छन्। 

जनरल फायर डिपार्टमेन्टको एक स्रोतका अनुसार भुइँ तलामा आगो लागेपछि निस्केको धुवाँले पीडित निस्सासिएका थिए।
पीडितहरूको राष्ट्रियता घोषणा गरिएको छैन, तर एएफपीले सम्पर्क गर्दा भारतीय राजदूतले अस्पतालमा जीवितहरूसँग भेट्न गएको बताए। 

भारतका विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जाल एक्समा समाचारबाट गहिरो स्तब्ध भएको बताएका छन्। साथै, उनले दुःखद रूपमा ज्यान गुमाउनेहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। 

गृहमन्त्री शेख फहद अल–युसेफले घटनास्थलको भ्रमण गर्दै सम्भावित लापरबाहीको जाँचका लागि भवनका मालिकलाई पक्राउ गरिएको बताए। 

इराक र साउदी अरबको सीमामा रहेको तथा विश्वको करिब सात प्रतिशत तेल भण्डार रहेको कुवेतमा देखिएको यो आगलागी सबैभन्दा भीषण आगलागीमध्ये एक हो। 

सुझावित समाचार