एमाले काठमाडौंको अध्यक्षमा निर्मल देउला र दीपक निरौलाबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनमा देउला र निरौलाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नयाँ नेतृत्वका लागि मंगलबार विद्युतीय मेसिनबाट मतदान गराउने गरी निर्वाचन गर्ने तयारी छ । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, नवराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल तथा उपसचिवमा उद्धव भण्डारी, बिन्दु महर्जन, गुन्जमानसिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी परेको छ । निर्वाचनमण्डलका अनुसार मंगलबार १२ देखि ३ बजेसम्म नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।