हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा विविध कार्यक्रम गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरी सामग्री वितरण गरेको हो ।
कम्पनीले कोशीमा पूर्वाञ्चल बालसेवा आश्रमलाई स्टेसनरी तथा विराटेश्वर वृद्धाश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा वृद्धाश्रमका बालबालिकालाई शैक्षिक सामग्री र वृद्धवृद्धाका लागि खाद्यान्न वितरण गरेको छ । त्यस्तै, मधेशमा जनकपुरस्थित रामजानकी वृद्धाश्रम, बर्दीबासस्थित भुवनेश्वरी वृद्धाश्रम र वीरगन्जस्थित मानव सेवा आश्रममा खाना खुवाएको हो ।
यसैगरी, बागमतीमा अपांग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण र गण्डकी प्रदेशअन्तर्गत बागलुङ मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेँसीसहरस्थित लमजुङ विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण गरेको छ भने पोखरास्थित वल्र्डएज होममा खाद्यान्न वितरण गरेको बताइएको छ ।
लुम्बिनीमा बुटवलस्थित अपांग आश्रममा खाद्यान्न वितरण, नेपालगन्ज, पाल्पा र घोराहीस्थित नीलसागर सेवा आश्रमका वृद्धावृद्धालाई खाद्यान्न वितरण, कपिलवस्तुस्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको छ ।
त्यसैगरी, कर्णालीमा सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ भने सुदूरपश्चिमको टीकापुरस्थित सहारा घर, डडेलधुरास्थित उग्रतारा संस्कृत विद्यालय, झलारीस्थित विद्यालयमा र धनगढीस्थित परिवार बालगृहमा खाद्यान्न तथा विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण कम्पनीको भनाइ छ ।