सुपर कृषक एपले पाँच रनबराबर सीमान्तकृत किसानहरूलाई एक कफीको बिरुवा बाँड्ने भएको छ।
अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटमा नेपालले हानेको प्रत्येक पाँच रनबराबर सीमान्तकृत किसानलाई एक कफीको बिरुवा अभियान ल्याएको हो। नेपाल पनि पुनः १० वर्षपछि वर्ल्डकपमा सहभागी भएको हो।
नेपाली कृषकलाई विभिन्न डिजिटल सेवामार्फत उनीहरूको जीवनशैली सहज बनाउँदै आएको सुपर कृषक एपले नेपाली क्रिकेट टिमकाे मनाेबल बढाउन तथा नेपाली कृषिलाई पनि क्रिकेटसँग जोड्न याे अभियान ल्याएको जनाएको छ।
यो अभियानअन्तर्गत नेपाली खेलाडीले हानेको प्रत्येक रनबराबर सुपर कृषकले सम्भावना बोकेका सीमान्तकृत किसानलाई कफीको बिरुवा बाँड्ने तथा यसको रेखदेखका लागि आवश्यक तालिम तथा प्रविधि प्रदान गर्नेछ।