संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित दुई दिवसीय सम्मेलनमा मन्त्री जोशीले भने, ‘फोहारको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन।’ सम्मेलनबाट फोहोरमैला व्यवस्थापनका लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास उनले व्यक्त गरे।
क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापन सबैको सरोकारको विषय भएकाले छलफलले मात्रै नहुने ठोस कार्यान्वयनतर्फ अगाडि बढनुपर्ने बताए। ‘सामुहिक प्रयास भए मात्र फोहोरमैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुन्छ,’ उनले भने।
फोहोमैला व्यवस्थपनमा द्वीपक्षीय र बुहपक्षीय एजेन्सीबाट लगानी बिषयमा आयोजित पहिलो सत्रमा विश्व बैैंक लगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकाश पारेका थिए । छलफलमा सहभागि भएका विज्ञहरुले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औंल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामुहिक विचार व्यक्त गरेका थिए।