सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्लानजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । बिहीबार बिहान भे.१च २५६० नम्बरको जिप दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा ६ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।