रक्षा बजेट ५९ अर्ब ८७ करोड

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

आगामी आर्थिक वर्षका लागि रक्षा मन्त्रालय र मातहतका निकायलाई ५९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन भएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा वार्षिक बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।

सरकारले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमका लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। राष्ट्रिय सुरक्षा नीति, २०७५ प्रभावकारी कार्यान्वयन गरिने अर्थमन्त्रीले बताए।

सुझावित समाचार