सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।
आधारभूत आयुर्वेद औषधि उत्पादन प्रवर्द्धनसमेत गरिने भएको छ। त्यसैगरी, सरकारी, निजी र सामुदायिक क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढसमेत बनाउने अर्थमन्त्री पुनले बताए।
‘साथै वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री पुनले भने।