ज्योति विकास बैंकले कर्णाली प्रदेशका पाँचवटा स्वास्थ्य चौकीलाई बेबी वार्मर मेसिन प्रदान गरेको छ । बैंकले नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र अल्पताप (हाइपोथर्मिया) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको जनाएको छ । बैंकले जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लाका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको हो ।
बैंकले हालसम्म देशका विभिन्न ठाउँमा ४३ वटा बेबी वार्मर प्रदान गरेको जनाएको छ । विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सोका कारण नवजात शिशुको जीवन जोखिममा पर्ने भएकाले उक्त उपकरण प्रदान गरिएको बैंकले जनाएको छ ।
मेसिन जडानपछि जुम्ला, कालीकोट, मुगु, दैलेखका स्वास्थ्यसंस्थामा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको भनाइ छ ।