बिहान १० बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक कांग्रेस संसदीय दलको बैठकका कारण प्रभावित भएको छ । कांग्रेसको बैठक अहिले बिहान सवा १० बजेदेखि सुरु भएको छ ।
कार्यव्यवस्था बैठकको सूचना हिजो नै दिइएको थियो । कार्यव्यवस्थामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू आएलगत्तै बैठक सुरु हुने कांग्रेसले जनाएको छ ।