हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमबार, ३ बैशाख, २०८१
डिजिटल संस्करण

एसिसी प्रिमियर कप २०२४ अन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले जितका लागि एक सय १५ रनको लक्ष्य पाएको छ।

वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा हङकङ एक बलअगावै अलआउट हुँदै एक सय १४ रनमा सीमित भएको हो।

हङकङका लागि अन्सी राथले सर्वाधिक ३४ रन जोड्दा जिसान अली १४, निजाकत खान १२ र एहसान खान ११ रन बनाएर पेभेलियन फर्किए। हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्न अविनाश बोहराले तीन विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए। चार ओभर बलिङ गरेका ललित निकै किफायती साबित भए। उनले एक मेडन गर्दै १४ रन मात्र खर्चिए।

सुझावित समाचार