कांग्रेस संसदीय दलले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायलाई मनोनीत गरेको छ।
सोमबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रोकायलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।
देउवाका निजीसचिव केशवराज जोशीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन्। रोकाय गत १० माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कर्णाली प्रदेशबाट निर्वाचित भएका हुन्।