आयरल्यान्डलाई चौथो झट्का, गुल्सनले लिए दुई विकेट

सोमबार, १२ चैत, २०८०
डिजिटल संस्करण

नेपालविरुद्ध पहिलोपटक भिडिरहेको आयरल्यान्ड ‘ए’ले चौथो विकेट गुमाएको छ। गुल्सन झाले चौथो विकेटका रूपमा निल रकलाई कुशल मल्लबाट क्याचआउट गराएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुल्सनले यसअघि तेस्रो विकेटका रूपमा मोर्गन टोपिङलाई पेभेलियन फर्काएका थिए।

ललितनारायण राजवंशी र करण केसीले समान एक–एक विकेट लिएका छन्।

सुझावित समाचार