नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठकमा नयाँ गठबन्धनको सरकारमा सहभागी हुने–नहुने विषयलाई टुंगो लगाउने बताइएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
पुरानो सत्तागठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
यस्तै, आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा पनि नेता नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका थिए।