टस जितेर भारतले रोज्यो ब्याटिङ, नेपालले फिल्डिङ गर्ने

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले केहीबेरपछि भारतको सामना गर्दै छ ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङ ओभलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ । नेपाली समयअनुसार एक बजेर ४५ मिनेटबाट खेल सुरु हुनेछ । नेपाल केहीबेरपछि फिल्डिङका लागि मैदानमा उत्रनेछ । 

प्रतियोगिताबाट यसअघि नै बाहिरिएकाले नेपाल अन्तिम खेलमा जितसहित सुखद अन्त्य गर्न चाहन्छ । यसअघि सुपर सिक्सको पहिलो म्याचमा बंगलादेशको सामना गरेको नेपाल पाँच विकेटले पराजित भएको थियो । 

सुझावित समाचार