नेपाललाई सुरुवाती झड्का, विपिन रावल आउट

आइसिसी यू–१९ विश्वकप क्रिकेट

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशको सामना गरिरहेको नेपाललाई सुरुवाती झड्का लागेको छ । 

ओपनर विपिन रावल दुई रन बनाएर आउट भएका छन् । १२ बल खेलर दुई रन बनाएका विपिन मरुफ म्रिदाको बलमा कभर ड्राइभ हान्ने प्रयास गर्दा स्लिपमा क्याच दिन पुगे । 

अहिले क्रिजमा अर्का ओपनर अर्जुन कुमाल र मध्यक्रमका आकाश त्रिपाठी छन् । अर्जुनले १२ बलमा दुई चौकाको मद्दतमा ११ रन बनाएर खेलिरहेका छन् भने आकाशले खाता खोल्न बाँकी छ । 

सुझावित समाचार