लिबर्टी इनर्जी कम्पनीको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले कम्पनीको अघिल्लो साधारणसभाबाट हालको चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोडबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीसँग हाल तीनवटा जलविद्युत् आयोजनाको स्वामित्व छ । लमजुङमा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । साथै, अन्य आयोजनामा १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको बताइएको छ ।
२४.६ मेगावाट क्षमताको बडीगाड खोला जलविद्युत् आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरी विद्युत् खरिद–बिक्री सम्झौता हुने क्रममा रहेको जानकारी कम्पनीमा अध्यक्ष डा. आत्माराम घिमिरेले जानकारी गराए ।