भूकम्पमा कारागारबाट भागेका कैदी आठ वर्षपछि पक्राउ

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

भूकम्पको समयमा कारागारबाट भागेका कैदी आठ वर्षपछि पक्राउ परेका छन् । १२ वैशाख ०७२ मा आएको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका ४२ वर्षीय निमा लामालाई प्रहरीले कास्कीको विजयपुरबाट पक्राउ गरेको हो ।

लामा कर्तव्य ज्यान मुद्दाका कैदी हुन् । उनलाई अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष तथा जेलबाट भागे–भगाएको कसुरमा नाै वर्ष ६ महिना २० दिन कैद सजाय भएको थियो । 

२८ वैशाख ०७१ मा उनले सिन्धुपाल्चोक ठूलोपाखरकी ठूलीमाया तामाङको हत्या गरी शवलाई रूखमा झुन्ड्याएका थिए । जुन मुद्दामा अदालतले उनलाई सोही वर्षको १७ चैतमा २० वर्ष कैद सजाय सुनाएको थियो । 

जेलबाट भागेपछि थप साढे नौ वर्ष सजाय भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

सुझावित समाचार