जाजरकोटकाे बारेकोट रामीडाँडाका भूकम्पपीडित डुमे पुनको चिसोका कारण मृत्यु भएको छ । उनको त्रिपालमै मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनी अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आएका थिए ।
बारेकोटमा भूकम्पपीडितका लागि व्यवस्थित त्रिपाल, कम्बल, न्यानो कपडा, म्याटलगायतका दुई हजार सेट राहत सामग्री तत्काल आवश्यक परेको गिरीले बताए । १७ कात्तिकको भूकम्पमा परी जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ जनाको ज्यान गइसकेकाे छ ।