ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । ओमान  सुरुआती ब्याटिङमा गर्नेछ । 

नेपाल र ओमान दुवैले समान दुई खेल जितेका छन्। नेटरनरेटमा ओमान शीर्षस्थानमा छ। मलेसिया र सिंगापुर बाहिरिसकेका छन् । 

नेपालले पहिले खेलमा सिंगापुरलाई आठ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । 

सुझावित समाचार