कुशल भुर्तेलको अर्धशतक पूरा, कुशल मल्ल आउट

टी-२० ट्र्यांगुलर सिरिज

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

टी–२० ट्रयांगुलर सिरिजको उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन् । कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा टस जितेर युएईले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । 

खराब फर्मबाट गुज्रिरहेका ओपनर कुशल भुर्तेल आज जबर्जस्त फर्ममा देखिएका छन् । जारी शृंखलाको लिग चरणका सबै चार खेलमा निराश बनाएका कुशलले आज विस्फोटक ब्याटिङ गरेका छन् । 

यसबीच उनले २८ बलमा अर्धशतक पूरा गरेका छन् । यसक्रममा उनले तीन छक्का र ६ चौका प्रहार गरिसकेका छन् । टी–२० मा यो उनको छैटौँ अर्धशतक हो । 

नेपालले ६.३ ओभरमा दुई खेलाडी गुमाएर ६३ रन बनाएको छ । ओपनर आसिफ शेख र विस्फोटक ब्याटर कुशल मल्ल पेभेलियन फर्किसकेका छन् । पाँचौँ ओभरको अन्तिम बलमा ४३ रनको अवस्थामा नेपालले आसिफलाई गुमाएको थियो ।

युएईको स्पिन बलिङका मुख्य हतियार आयन खानले आफ्नो पहिलो ओभरको पाँचौँ बलमा आसिफलाई बोल्ड गरेका थिए । यस्तै, आफ्नो दोस्रो ओभरमा उनले कुशल मल्ललाई पनि बोल्ड गरे । 

नेपालले ७.२ ओभरमा दुई खेलाडी गुमाएर ६७ रन बनाएको छ । अहिले क्रिजमा कुशल भुर्तेल र कप्तान रोहित पौडेल छन् । 

सुझावित समाचार