तीव्र गतिका बलर करण केसीले हङकङको ब्याटिङ धराशायी बनाइदिएका छन् । सानदार फर्ममा रहेका करणले व्यक्तिगत चौथो विकेट लिँदा हङकङले आठौँ क्षति व्यहारेको छ ।
करणले आफ्नो स्पेलका सबै ओभरमा एक–एक विकेट लिएका छन् । उनले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर हङकङविरुद्धको खेलमा आफू जबर्जस्त फर्ममा रहेको संकेत दिएका थिए ।
त्यसपछि लगातारका सबै ओभरमा उनले एक–एक विकेट लिए । उनले चार ओभरमा जम्मा १५ रन दिएर चार विकेट लिएपछि हङकङले १८ ओभरको खेल सकिँदा आठ विकेट गुमाएर जम्मा ८९ रन बनाएको छ ।