निगमको जहाज दुबईबाट इजरायलका लागि उड्यो

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण
निगमको जहाज दुबईबाट इजरायलका लागि उड्यो

फाइल तस्बिर

इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायुसेवा निगमको जहाजले दुबईबाट इजरायलका लागि उडान भरेको छ।

निगमको विमानले नेपाली समयअनुसार १०ः४६ बजे दुबईबाट उडान भरेको हो। नेपाली नागरिक लिएर जहाज आजै राति सवा ९ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

प्यालेस्टाइनी हमास समूहको हमलापछि युद्धग्रस्त इजरायलबाट नेपालले आफ्ना नागरिक फिर्ताको अभियान थालेको छ। पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काइनेछ।

सुझावित समाचार