हमासको आक्रमणले इजरायल–साउदी सम्बन्ध सुधार्ने बाइडेनको प्रयासमा धक्का

प्यालेस्टाइन मुद्दा केही वर्षदेखि विश्वव्यापी एजेन्डाबाट ओझेलमा परेको थियो

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

अमेरिकी सरकारले महिनौँदेखि मध्यपूर्वको नयाँ भावी मार्ग तय गर्ने महत्वाकांक्षी कूटनीतिक परियोजनामा काम गरिररहेको थियो । हमासले इजरायलमाथि आकस्मिक आक्रमण गरेपछि उक्त परियोजना प्रभावित हुने डर छ । यसले प्यालेस्टाइन–इजरायलबीचको दशकौँ पुरानो द्वन्द्व नसुल्झिई यस क्षेत्रको नयाँ मार्ग कठिन भएको पुष्टि गरेको विश्लेषण गरिँदै छ । हमासको आक्रमण इजरायल र साउदी अरबबीचको ऐतिहासिक सम्झौता भाँड्ने उद्देश्यले प्रेरित रहेको बताउन हतार हुने अमेरिकी अधिकारीहरूले बताए । तथापि, पछिल्लो हिंसाले सुरुदेखि नै जटिल यस वार्तालाई थप जटिल बनाउन सक्ने तिनले स्विकारे । 

‘यसले सम्झौताको सम्भावनालाई पूरै अन्त्य नगरे पनि त्यसमा उल्लेख्य सुस्तता ल्याउनेछ,’ पूर्वराष्ट्रपति बाराक ओबामाको शासनमा मध्य–पूर्व क्षेत्रकी कूटनीतिज्ञ रहिसकेकी मारा रुडम्यानले भनिन् । साउदी अरबको चासोमा पश्चिम किनारा र गाजापट्टीका प्यालेस्टिनीहरूको भावी बाटो सम्बोधन गर्नुपर्ने विषय पनि समावेश छ । पछिल्लो हिंसाले सो मुद्दा गिजोलिएको छ । विशेषतः हमासको आक्रमणपछि इजरायलका कुनै पनि राजनीतिक दल प्यालेस्टिनीहरूलाई कुनै पनि प्रकारको सहुलियत प्रदान गर्न अनिच्छुक हुनेछन् । भलै प्यालेस्टाइनीहरूको व्यवस्थापनले इजरायली सुरक्षालाई सुदृढ बनाउन किन नसघाओस् ।

पछिल्लो हिंसा इजरायल र गाजाका छापामारबीच विभिन्न अवसरमा भड्किरहने झडपजस्तो छिट्टै समाधान हुने छाँटकाँट छैन । हिंसा नरोकिएसम्म बाइडेनले उनको महत्वाकांक्षी योजना अगाडि बढाउन सक्दैनन् । हमासले यसपटक इजरायलभित्र दशकौँ यताकै ठूलो आक्रमण गर्यो । साथमा उसले सयभन्दा माथि इजरायलीहरूलाई गाजातर्फ अपहरण गरेर लगेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकहरूको उद्धार गर्न र बदला लिएको देखाउन गाजाभित्र इजरायली सेना पठाउन सक्छन् । यसले मध्यपूर्वको माहोल निकै तनावपूर्ण बनाउनेछ । 

शनिबार एक संक्षिप्त टेलिभिजन सम्बोधनमा बाइडेनले हमासको आक्रमणलाई ‘असंवेदनशील’ भनी निन्दा गरे । उनले सधैँझैँ इजरायलको ‘आत्मरक्षा गर्ने अधिकार’प्रति दृढ समर्थन जताए । नाम उल्लेख नगरी कुनै अर्को पक्षलाई अहिलेको तरल अवस्थामा इजरायलविरुद्धको कुनै गतिविधि गर्ने अवसरको रूपमा नलिन चेतावनी दिए । बाइडेनको संकेत इरानतर्फ भएको धेरैको संकेत छ । ‘यो आक्रमणलाई इजरायलप्रति शत्रुभाव राखेका कुनै पनि पक्षले अवसरका रूपमा उपभोग गर्ने वेला होइन,’ बाइडेनले भने । 

चुनाव नजिकिएकाले रिपब्लिकन नेताहरूले हमास आक्रमणलाई बाइडेनका नीतिसँग जोड्न ढिला गरेनन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रिपब्लिकनहरूले इरानसँग बाइडेन सरकारले हालै गरेको एक बन्धक सम्झौताले हमासका कारबाहीलाई सक्षम बनाएको दाबी गरे । ‘दुःखको कुरा, अमेरिकी करदाताकै पैसा यस आक्रमणलाई कार्यान्वयन गर्न सहयोगी भयो, जुन बाइडेन प्रशासनले दिएको थियो,’ ट्रम्पले एक विज्ञप्तिमा भने । 

पछिल्लो हिंसा इजरायल र गाजाका छापामारबीच विभिन्न अवसरमा भड्किरहने झडपजस्तो छिट्टै समाधान हुने छाँटकाँट छैन । हिंसा नरोकिएसम्म बाइडेनले उनको महŒवाकांक्षी योजना अगाडि बढाउन सक्दैनन् । हमासले यसपटक इजरायलभित्र दशकौँयताकै ठूलो आक्रमण ग¥यो । साथै, उसले सयभन्दा माथि इजरायलीहरूलाई गाजातर्फ अपहरण गरेर लगेको छ ।

तर, ट्रम्पको आरोपविपरीत इरानसँगको ‘बन्धक सम्झौता’मा कुनै पनि अमेरिकी करदाताको रकम प्रयोग गरिएको छैन । सम्झौताका लागि बाइडेन सरकारले दक्षिण कोरियाली बैंकमा फ्रिज भएको इरानी रकमलाई कतारको एक बैंकको इरानी सरकारको खातामा स्थानान्तरण गरेको थियो । र, अमेरिकाले सो रकम मानवीय सहायताको काममा मात्र निकाल्न मिल्ने प्रावधान पनि राखेको छ । र, हालसम्म सो खाताबाट रकम ननिकालिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

हमासको आक्रमणले मध्य–पूर्वको अस्थिर क्षेत्र परिस्थिति कत्तिको चाँडो बदलिन सक्छ भन्ने औँल्याएको छ । एक हप्ताअघि मात्र अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले ‘आज मध्य–पूर्व दुई दशकयताकै सबैभन्दा शान्त रहेको,’ भनेका थिए । रिपब्लिकनहरूले शनिबारको आक्रमणपछि यो भनाइलाई सेयर गर्दै बाइडेन प्रशासनका अधिकारीको कमजोरी पहिल्याउने प्रयास गरे । तथापि, रिपब्लिकनहरूले सुलिभ्यानको भनाइको पछिल्लो अंश कटाएका छन् जसमा उनले भनेका थिए– ‘यसो भन्दै गर्दा म ‘अहिलेका लागि’ भन्ने कुरामा जोड दिन चाहन्छु किनभने अहिलेको स्थिति जुनसुकै वेला परिवर्तन हुन सक्छ ।’ नभन्दै शनिबार स्थिति बदलियो । 

केही वर्षदेखि प्यालेस्टाइन मुद्दा विश्वव्यापी एजेन्डाबाट ओझेलमा परेको थियो । भलै मुद्दा ओझेलमा परेको भए पनि गाजापट्टी र वेस्ट बैंकमा बसोवास गर्ने लाखौँ बासिन्दाको पीडा कम भएको थिएन । त्यहाँ इजरायली अतिक्रमण र दुव्र्यवहारविरुद्ध क्रोध र आक्रोश यथावत् छ । मुद्दा आझेलमा रहेकाले नै बाइडेनका दूतले साउदी अरबसँगका वार्तामा प्यालेस्टाइनी मुद्दा प्रमुख मुद्दा मानिएका थिएनन् । युवराज मोहम्मद बिन सलमानलाई प्यालेस्टिनीहरूको अवस्थाबारे खासै मतलब नभए पनि उनका पिता र साउदी राजा सलमानले यसलाई महत्वपूर्ण मानेका छन् । पिताको मन राखिदिन इजरायलले सम्झौताअन्तर्गत प्यालेस्टाइनलाई सहुलियत दिनुपर्ने सलमानको राय राख्ने गरेका छन् । 

वार्ता मुख्यतः इरानविरूद्ध गठबन्धन बनाउने र चीनलाई यस क्षेत्रमा थप प्रवेश नदिने गरी साउदी–अमेरिकी गठबन्धनलाई मजबुत बनाउने कुराले निर्देशित देखिन्छ । साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकासँग पारस्परिक रक्षा सन्धि र नागरिक आणविक ऊर्जा विकासमा सहयोग चाहेका छन् । नेतन्याहुले साउदी अरबजस्तो प्रमुख अरब शक्तिसँगको सम्बन्ध सामान्यीकरणले यस भेगमा उसको स्थिति मजबुत हुने अपेक्षा लिएका छन् ।

शनिबारको आक्रमणमा इरानको भूमिकाको सम्भावनाबारे पनि शंका–उपशंका उत्पन्न भएका छन् । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले अमेरिकासँग इरान आक्रमणमा संलग्न भएको संकेत गर्ने कुनै आधार नभएको बताए । तथापि, उनले इरानी समर्थनविना हमासको अस्तित्व नहुने कुरामा पनि जोड दिए । काउन्सिल अन फरेन पोलिसीका वरिष्ठ फेलो रे ताकेयले ‘हमास आफ्नै एजेन्डा भएको स्वतन्त्र शक्ति भए तापनि पछिल्लो समय इरानसँग नजिकिँदै गएको,’ बताए । ‘पछिल्लो आक्रमण जुन स्तरको थियो त्यस आधारमा इरानको सहयोगविना यति ठूलो आक्रमण हमास एक्लैले ग¥यो होला भन्ने म निश्चिन्त छैन,’ ताकेयले भने ।

हमासको आक्रमणपछि साउदी अरबले दिएको प्रतिक्रियाबाट इजरायल र उसका समर्थकहरूलाई निराश बने । साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आक्रमणको निन्दा गरिएको छैन । त्यसको सट्टा आफूहरूले ‘निरन्तरको अतिक्रमण, प्यालेस्टिनी जनतालाई तिनको वैध अधिकारबाट वञ्चित गरेका कारण विस्फोटको स्थिति आउन सक्ने जोखिमबारे पहिलेदेखि सचेत गराउँदै आएको’ स्मरण गराएको छ । 

यदि युद्ध लामो समयसम्म साबित भयो भने यसले साउदी र इजरायलीबीच सम्झौताको सम्भावना साँघुरो बनाउँदै लान्छ । इजरायलीहरूले गाजामा ठूलो बल प्रयोग गरे भने साउदी सरकारले कठोर अभिव्यक्ति दिनुपर्ने दबाब झेल्नेछ । जसले इजरायललाई चिड्याउनेछ र सम्झौताको सम्भावना झन् टर्दै जानेछ । त्यस्तै युद्धले नेतन्याहुको सरकारमा पनि प्यालेस्टिनीहरूलाई कुनै राहत दिन नहुने माग गर्दै आएका कट्टरपन्थीहरूलाई बल प्रदान गर्नेछ । 

तर, वार्तामा संलग्न अधिकारीहरूले वार्ता निर्णायक चरणबाट अझै महिनौँ टाढा रहेकाले त्यसको असफलको अनुमान गर्नु हतार हुनेछ । जेविस इन्स्टिच्युट फर नेसनल सेक्युरिटी अफ अमेरिकाका वरिष्ठ फेलो हन्ना पनि यसमा सहमत छन् । साउदी युवराज मोहम्मद बिन सलमानले हमासलाई घृणा गर्ने र सहयोगीसँगको कुराकानीमा अमेरिका र इजरायलबीचको वार्ता प्रगति रोक्न हिंसा बढ्न सक्नेमा सचेत गराएका हन्नाले भने । ‘यसले इजरायल र साउदी अरबबीचको कूटनीतिक प्रयासमा केही अड्चन ल्याउन सक्छ । तर, मोहम्मद बिन सलमानले उनको देशको हित गर्ने ठानेका प्रक्रिया अवरुद्ध हुँदैन,’ हन्नाले भने । 
– द न्युयोर्क टाइम्सबाट
 

सुझावित समाचार