डिजिटल साक्षरता विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्न आवश्यक छ : प्रधानमन्त्री

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरुरी रहेको बताएका छन्। 

शुक्रबार दिउँसो सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदद्वारा आयोजित आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

अन्तरक्रियामा प्रधानमन्त्रीले भने, ‘आजको विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाट नै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्न सक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ।

सुझावित समाचार