सिटीका हाल्यान्ड सिजन ब्रेकमा प्रेमिकासँग रमाउँदै

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण

गत सिजनमा म्यानचेस्टर सिटीलाई ‘ट्रेबल’ उपाधि दिलाउन प्रमुख भूमिका निर्वाह गरेका इर्लिन हाल्यान्ड १९ वर्षीया प्रेमिका जोहान्सेनसँग एक सातादेखि फ्रान्समा 

अहिले युरोपमा शीर्ष डिभिजन लिग सुरु भएको छैन । विभिन्न युरोपेली लिगमा आबद्ध खेलाडी ब्रेकमै छन् । नयाँ सिजन सुरु नहुँदासम्म खेलाडी परिवार वा प्रेमिकासँग बिदा मनाइरहेका छन् । खेलाडीले अमेरिका वा युरोपका प्रसिद्ध सामुद्रिक तटीय क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् । खेलाडीले परिवार वा प्रेमिकासँग रमाइलो गरिरहेको तस्बिर सोसल मिडियामा भेटिन्छन् । म्यानचेस्टर सिटीका प्रमुख स्ट्राइकर इर्लिन हाल्यान्ड पनि ‘ब्रेक’को समय भरपूर सदुपयोग गरिरहेका छन् । 

उनी अहिले १९ वर्षीया प्रेमिका इसावेल जोहान्सेनसँग फ्रान्सको दक्षिणतिरको बीचमा छन् । बेलायती समाचार संस्थाअनुसार हाल्यान्ड र जोहान्सेन एक सातादेखि फ्रान्समा छन् । गत सिजनमा म्यानचेस्टर सिटीले युरोपियन फुटबलमा तीन प्रमुख उपाधि जित्दा नर्वेका स्ट्राइकर हाल्यान्डले उत्कृष्ट प्रदर्शन गरेका थिए । २२ वर्षीय हाल्यान्डले गत सिजनमा समग्रमा ५६ गोल गरे । उनकै प्रेरणादायी प्रदर्शनमा सिटीले इंग्लिस प्रिमियर लिग, एफए कप तथा पहिलोपटक च्याम्पियन्स लिग उपाधि उचाल्दै ‘ट्रेबल’ गरेको थियो । 

प्रशिक्षक पेप ग्वार्डिओलाले गत वर्ष जितेका तीन उपाधि रक्षा गर्नुपर्ने चुनौती रहेको जनाएका छन् । यसमा सबैभन्दा ठूलो हात खेलाडीको रहने उनको तर्क छ । उनले इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु नहुँदासम्म आबद्ध खेलाडीलाई परिवार वा प्रेमिकासँग समय बिताउन भनेका छन् । खेलाडीलाई क्लबमा फर्कंदा फ्रेस हुन उनले भनेका छन् । सिटीका अधिकांश खेलाडीले प्रशिक्षक पेपकै निर्देशन पालना गरिरहेका छन् । 

जोहान्सेनले स्कुलको अनुमति लिइन्
नर्वेका स्ट्राइकर हाल्यान्डले अधिकतम समय प्रेमिका जोहान्सेनलाई दिएका छन् । रमाइलो पक्ष के छ भने हाल्यान्डकी प्रेमिका अहिले नर्वेको दक्षिण–पश्चिममा रहेको ब्रायन अपर सेकेन्डरी स्कुलमा अध्ययनरत छिन् । जोहान्सेनले स्कुलमा बिदा चलिरहेका वेला प्रेमी हाल्यान्डलाई साथ दिन फ्रान्स पुगेकी हुन् । जोहान्सेनले यसका लागि स्कुल प्रशासनसँग अनुमति लिएकी छिन् । जोहान्सेनका साथीहरूले उनलाई भाग्यमानी केटी भन्ने गर्छन् । 

यी दुवै जोडीले अत्याधुनिक सुविधाले भरिएको सानो जहाज नै बुक गरेका छन् । हाल्यान्ड बिचमा सामान्य रूपमा प्रस्तुत भएका देखिन्छन् । विशेष गरी यी दुवै ‘सनबाथ’मा रमाइरहेका छन् । अक्सर हाल्यान्ड बिदा मनाउन स्पेन पुग्थे । यसपटक उनी प्रेमिकाकै अनुरोधमा फ्रान्स पुगेको एजेन्सीले जनाएको छ । गत सिजन हाल्यान्डले प्रिमियर लिगमा ३५ खेलमा ३६ गोल र च्याम्पियन्स लिगमा १२ गोलको प्रभावशाली प्रदर्शन गरेका थिए ।

See More On

सुझावित समाचार