एमालेको चेतावनी- प्रधानमन्त्रीको पदमा बसिरहने हैसियत छैन, संसदमा कडा रूपमा प्रस्तुत हुन्छौँ

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ।

बुधबार बसेको एमालेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताएका हुन्। 

उनले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसाबले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमाले संसदमा कडा ढंगले प्रस्तुत हुने पनि स्पष्ट पारे। 

उनले भने, ‘प्रधानमन्त्रीले संसदमाथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान देशको सार्वभौमसत्ता, स्वाभिमानमाथि गरेको आक्रमणबारे हामीले धैर्यताका साथ संसदमा भूमिका निर्वाह गर्नेछौँ । संसदमा जोडदार रूपमा प्रस्तुत हुनेछाैँ । प्रधानमन्त्रीको निजी विषय होइन । देशको स्वाभिमान, जनादेशसँगको विषय हो । यो सामान्य विषय नभएकाले बैठक अवरुद्ध हुन सक्छ । उहाँले राजनीतिक हिसाबले, नैतिक हिसाबले, सबै हिसाबले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार सबै हिसाबले गुमाएको परिस्थिति देख्छौँ।’

See More On

सुझावित समाचार