नेपाललाई चौथो सफलता

आइसिसी विश्वकप छनोट

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत  युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले चोथो  सफलता हात पारेको छ।

हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। 

नेपालका लागि गुलसन झाले २७.३ ओभरमा युएईका अरबिन्दलाई आउट गरेर नेपाललाई चौथो सफलता दिएका हुन्। 

यस्तै दोस्रो र तेस्रो विकेट सन्दीप लामिछानेले लिए भने करन केसीले  खेलको दोस्रो बलमा नै विकेट लिएर युएईलाई दबाब पारे।  

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्लेअफ खेल्न लागेको हो। यस खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। 
 

सुझावित समाचार