लमजुङमा ३२ टुक्रा चरेससहित एक युवक पक्राउ

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय लमजुङले ३२ टुक्रा चरेससहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले  मनाङको ङिस्याङ गाउँपालिका– ६ का ३० वर्षीय राजु गाेतमेलाई  ८७.०७ ग्राम चरेससहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार आइतबार साँझ साढे ५ बजेतिर पक्राउ गरिएका गोतामेलाई मनाङबाट लागुऔषध चरेस ओसारपसार गरेको विशेष सूनाको आधारमा शंकास्पद तरिकाले पैदल हिँडिरहेका समयमा नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट चरेस फेला परेको हो।

गोतामेलाई सोमबार जिल्ला अदालत लमजुङबाट लागुऔषधसम्बन्धी कसुरमा पहिलोपटक सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

See More On

सुझावित समाचार