गैँडाको आक्रमणबाट मृत्यु

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २३ का ६० वर्षीय झणबिल बोटे छन् । वडा नम्बर २३ का अध्यक्ष दीपक दवाडीका अनुसार बोटेदम्पती आइतबार दिउँसो ३ बजे हरियाली सामुदायिक वनभित्र प्रवेश गरेका थिए । 

दुईमध्ये झणबिलमाथि गैँडाले आक्रमण गरेको थियो । साँझ साढे पाँच बजेतिर उनको शव भेटिएको दवाडीले जानकारी दिए । 

सुझावित समाचार