गोलीकाण्डमा दुई महिलासहित पाँचको मृत्यु

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँचजनाको मृत्यु भएको छ । पाकिस्तानस्थित एआरवाई न्युजले जनाएअनुसार मेमन गोठ, सुरजनी टाउन, डिफेन्स र म्युनिसिपल टाउनमा भएका गोली हानाहानमा उनीहरूको मृत्यु भएको थियो । 

गुलसन–ए–सुरजानीस्थित पेट्रोलपम्पनजिकै अज्ञात व्यक्तिले कारमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, मलिर साउदाबादमा आयोजित विवाह समारोहमा एक व्यक्तिको गोली हानी हत्या भएको छ ।

त्यस्तै, कराँचीमा दुर्घटनावश गोली लागेर एक महिलाको मृत्यु भएको छ । बलदियाको गुलसन–ए–गाजीनजिकैको बिस्मिल्लाह चोकमा गोली लागेर अर्की एक महिलाको मृत्यु भएको छ । प्रहरीले यी विभिन्न घटनामा अनुसन्धान थालेको छ ।

सुझावित समाचार