प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, संसदीय समिति गठनबारे छलफल

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, संसदीय समिति गठनबारे छलफल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। 

शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। 

सो भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताए। 

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलगायतका नेताहरूसँग पनि छलफल गरेका थिए। 

प्रधानमन्त्री दाहाल र ओलीबीचको भेटवार्ताबारे सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरूबीच कुराकानी भएको बताए। 
 

सुझावित समाचार