प्रतिनिधिसभामा हाजिर गरेर टाप कस्छन् सांसद

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

कानुन निर्माणमा शून्य प्रगति रहेको प्रतिनिधिसभामा सांसदहरू हाजिर गरेर टाप कस्ने गरेका छन् । २५ पुसबाट सुरु भएको हिउँदे अधिवेशनमा बुधबारसम्म २२ वटा बैठक बस्दा दुइटा बैठक कोरम नपुगेर स्थगित भएका छन् । 

बुधबार पनि आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूको उल्लेख्य उपस्थिति रहे पनि राष्ट्रिय सभाबाट सन्देशसहित आएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न खोज्दा गणपूरक संख्या पुगेन ।

एमाले सचेतक महेश बर्तौलाको मागमा सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गराउँदा ६१ जना मात्रै सदनमा थिए । संसद् सचिवालयका अनुसार बैठकमा एक सय ६७ सांसद हाजिरी गरेर उपस्थित थिए ।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एकचौथाइ अर्थात् ६९ सदस्य आवश्यक पर्छ । कोरम नपुग्दा उक्त प्रस्ताव पारित हुन सकेन भने सभामुख घिमिरेले बैठक स्थगित गरे । 

See More On

सुझावित समाचार