फिफा वरीयतामा नेपालको एक स्थान सुधार

बिहिबार, २३ चैत, २०७९
डिजिटल संस्करण
फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फाइल फाेटाे ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । 

वरीयतामा नेपाल एक स्थानमाथि उक्लिँदै १७४ स्थानमा आएको छ । यसअघि नेपाल १७४औँ स्थानमा थियो । नेपालले हालै प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटान र लाओसलाई पराजित गर्दै उपाधि जितेको थियो ।  

दक्षिण एसियाली राष्ट्रहरूमध्ये नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०१औँ तथा माल्दिभ्स १५४औँ स्थानमा छन् । भुटान १८५औँ, बंगलादेश १९२औँ, पाकिस्तान १९५औँ र श्रीलंका २०७औँ स्थानमा छन् ।

सुझावित समाचार