मुख थुनेर प्रहरीले बोल्न नदिएकोबारे सांसदद्वारा सरकारसँग जवाफ माग

बुधबार, ८ चैत, २०७९
डिजिटल संस्करण
मुख थुनेर प्रहरीले बोल्न नदिएकोबारे सांसदद्वारा सरकारसँग जवाफ माग

फाइल तस्बिर

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले प्रहरीले केही युवाको मुख थुनेर बोल्न नदिएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजनाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले उनीहरूको मुख थुनेर पक्राउ गरेको थियो । सोही विषयमा बुधबार एमाले सांसद पौड्यालले संसदमा सरकारसँग जवाफ माग गरेकी हुन् ।

‘संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु,’ उनले भनिन् ।
 

सुझावित समाचार