माओवादी पुस १० को सम्झौताबाट पछि हटे पतन हुन्छ : योगेश भट्टराई

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टीको मिसन ग्रासरुट अभियानमा जुम्ला आएका उनले पत्रकार भेटघाटमा यस्तो बताएका हुन्।

माओवादीले पुुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको उनको भनाइ छ। सो समझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको भन्दै उनले सम्झौताविपरीत गरे माओवादी पतनको बाटोमा जाने तर्क गरे। ‘यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौँ।’ 

भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत ठूलो अवसर गुमाएकाे जिकिर गरे। राष्ट्रिपतिको उम्मेदवारको लागि एमालेको प्रस्ताव अस्वीकार गर्नु उनका लागि घाटा भएको भट्टराईको भनाइ छ।

सुझावित समाचार