न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, भोलि सार्वजनिक

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

सत्तासाझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ। अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो। 

कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए। शनिबार बस्ने शीर्ष नेताको बैठकले टुंग्याएपछि सार्वजनिक हुने उनले बताए। 

सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्तनको प्रत्यक्ष आभास दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उनले बताए। सत्तासाझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो।

कार्यदलमा माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणालगायतका नेता छन्। 

सुझावित समाचार