शपथपछि विश्वप्रकाशले भने– राजनीतिक रूपमा अर्को जन्म लिएँ

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण
शपथपछि विश्वप्रकाशले भने– राजनीतिक रूपमा अर्को जन्म लिएँ

शपथ ग्रहणका लागि संसद् भवन जाँदै विश्वप्रकाश शर्मा । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको उनले स्पष्ट पारे। जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरू अहिले धेरै भइरहेको भन्दै उनले यी कार्यहरूलाई आफूले राजनीतिक जन्मको सुरुवातको रूपमा लिएको उल्लेख गरे।

‘म पहिलोपटक सांसदको रूपमा शपथ लिएर आएको छु। शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ। जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरू भएका छन्। जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रूपमा अर्को जन्म भएको महसुस गरेँ। मैले इमानदारीपूर्वक कार्य गर्नुपर्छ,’ शर्माले भने।

सुझावित समाचार